७ बैशाख २०८१, शुक्रबार

सभामुख महराद्वारा शपथ ग्रहण


२७ फागुन, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई आज पद तथा गोपनीयताको शपथ खुवाउनुभएको छ ।

दाङ–२ बाट निर्वाचित सांसद महरालाई शनिबार बसेको संसद् बैठकले संघीय संसद्को पहिलो सभामुखमा निर्वाचित गरेको थियो।  नेकपा माओवादी केन्द्रका नेता महरा शनिबार सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा भएको शपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्रिगण, संवैधानिक र सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारीलगायत उपस्थित हुनुहुन्थ्यो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !