१३ बैशाख २०८१, बिहिबार

देशभर थप २४४४ जनामा कोरोना पुष्टि, ३८५३ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६६४८ जनामा पिसिआर परिक्षण गर्दा १५०९ जना र ४९९२ जनामा एन्टीजेन परिक्षण गर्दा ९३५ जना गरी २४४४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ६८ हजार १२२ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३८५३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ५ लाख ८८ हजार १८७ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ४२ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ९०५१ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा ३३ लाख २९ हजार ६८७ पिसिआर परीक्षण भएको छ भने १ लाख ७९ हजार ९४१ एन्टीजेन परीक्षण गरिएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ३७ हजार ९५० जना रहेको छ भने ३५७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना सक्रिय संक्रमितमध्ये ३५ हजार ७५ जना होम आइसोलेसनमा र २८७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ६५७ जना आईसीयूमा र १९३ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !