१३ बैशाख २०८१, बिहिबार

आन्तरिक हवाई उडान १७ असारबाट, अन्तर्राष्ट्रिय भोलिबाटै !


बिमान

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित आन्तरिक उडान १७ असारबाट शुरु गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेसँगै उडानको मिति तोक्ने जिम्मेवारी मन्त्रिपरिषद्ले पर्यटन मन्त्रालयलाई दिएको थियो ।

मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीका अनुसार १ जुलाई अर्थातः १७ असारबाट आन्तरिकतर्फका नियमित उडान हुनेछन् । साविकको तुलनामा ५० प्रतिशत मात्र हुने गरि उडान गरिनेछ ।

अन्तर्राष्ट्रिय गन्तब्यमा भने तोकिएको रुटमा बिहीबारबाटै उडान शुरु हुनेछ । मन्त्रालयले जुन ३० सम्मका लागि उडान तालिका सार्वजनिक गरेको छ । यसअनुसार २४ जुलाईमा नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान गर्नेछ ।

२५ जुनमा नेपाल एयरलाइन्सको जहाज जापान जानेछ । यो दिन एयर इण्डियाको जहाज दिल्लीबाट काठमाडौं आउनेछ । २६ जुनमा कतार एयरवेजको जहाज दोहाबाट काठमाडौं आउनेछ । टर्की एयरलाइन्सको जहाज इस्तानबुलबाट काठमाडौं आउने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !