८ बैशाख २०८१, शनिबार

बाम गठबन्धनबाट सभामुखमा महरा उम्मेदवार


krishna bahadur mahara

२५ फागुन, काठमाण्डौ । माओवादी केन्द्रले प्रतिनिधिसभाको सभामुखमा नेता कृष्णबहादुर महरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज बिहान बसेको माओवादी केन्द्रको बैठकले महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता पम्फा भुषालले जानकारी दिनुभयो । यसअघि एमालेसँगको सहमतिका आधारमा महरालाई  सभामुखको उम्मेदवार बनाएको उहाँले बताउनुभयो ।

प्रतिनिधिसभाको सभामुख चयनका लागि आज उम्मेदवारको मनोनय दर्ता हुदैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान १० देखि दिउँसो २ बजेसम्म सभामुखको लागि उम्मेदवारी दर्ता गर्न सकिने संसद सचिवालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !