१३ बैशाख २०८१, बिहिबार

पेट्रोलको मूल्य घट्यो


petrol-pump-700x467

२१ फागुन, काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलको मूल्य एक रुपैयाँ घटाएको छ ।

स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार अब पेट्रोलको मूल्य १०४ रुपैयाँबाट घटेर १०३ रुपैयाँ कायम भएको छ । यो काठमाडौँ उपत्यकामा आधारित मूल्य हो ।

अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् रहेको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । अब निगमले पाक्षिकरुपमा १५ करोड रुपैयाँ नाफा गर्ने प्रक्षेपण गरिएको छ ।

(स्रोत: रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !