४ बैशाख २०८१, मंगलबार

अाज अाेली-प्रचण्डले सांसदहरुलाई संयुक्त प्रशिक्षण दिने


kp-oli-prachanda

१९ फागुन, काठमाण्डाै । एमाले–माओवादीतर्फबाट संघीय संसदमा निर्वाचित दुवै दलका सांसदहरुलाई संयुक्त प्रशिक्षण दिइने भएको छ । पार्टी एकता गर्ने गरी अघि बढिरहेका दुई पार्टीले संसदीय गतिविधिमा एकरुपता ल्याउन र उपस्थितिलाई दमदार पार्न सांसदहरुलाई प्रशिक्षण दिन लागेका हुन् ।

संघीय सांसदहरुको शपथ भोलि हुँदैछ । त्यसकै पूर्वसन्ध्यामा शनिबार दिउँसो ११ बजे नयाँबानेश्वरस्थित संसद् भवनमा प्रशिक्षण दिन लागिएको एमाले–माओवादीका नेताहरुले जानकारी दिएका छन् ।

सांसदहरुलाई एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डका साथै पूर्वसभामुख सुवास नेम्वाङले विशेष सम्बोधनसहित प्रशिक्षण दिने कार्यक्रम छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !