१३ बैशाख २०८१, बिहिबार

तीन दलको वार्ता निष्कर्षमा पुगेन, फोरमसँग मन्त्रालय भागवण्डा मिलेन


ओली, प्रचण्ड, उपेन्द्र

१७ फागुन, काठमाण्डौ । एमाले-माओवादी र संघीय समाजवादी फोरमको वार्ता विना निष्कर्ष टुंगिएको छ ।
बालुवाटारमा भएको वार्तामा मन्त्रालय भागवण्डाबारे सहमति हुन नसकेको एक नेताले बताए ।

फोरमले तीन वटा मन्त्रालय मागेको छ । एक मन्त्री र एक राज्यमन्त्री गरी दुई मन्त्रालयसम्म दिन सकिने एमाले-माओवादीले बताएका छन् ।

मन्त्रालय भागवण्डा नमिलेपछि फोरमसँग सहमति गर्ने प्रयास आज पनि असफल भएको छ ।
संविधान संशोधनमा भने तीन दलबीच लगभग सहमति जुटेको छ । एमाले र माओवादी केन्द्रले आपसी सहमतिमा संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !