११ बैशाख २०८१, मंगलबार

प्रचण्ड पत्नी सीता अस्पताल भर्ना, स्वास्थ्य अवस्था कस्तो ?


सीता दाहाल फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । दाहालको शरीरमा सोडियमको मात्रा कमी भएपछि मंगलबार साँझ दाहाललाई ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको छोरी गंगा दाहालले जानकारी दिइन् ।

पछिल्लो समय उनी घरमै स्वास्थ्यलाभ गरिरहेकी थिईन् । छोरी गंगा दाहालले फेसबुकमा लेखेकी छन्, “आमालाई २ दिन देखि शरीरमा सोडियमको मात्रामा कमी र पिसावमा ईन्फेक्सनका कारण अस्पताल भर्ना गरिएको छ। अहिले आमाको स्वास्थ्यमा क्रमिक सुधार छ। चासो व्यक्त गरि स्वास्थ्य लाभ र शुभेच्छा प्रदान गर्नुहुने सवैमा आभार तथा धन्यवाद”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !