१२ बैशाख २०८१, बुधबार

४ नम्बर प्रदेशको मन्त्रालयका लागि सचिवको जिम्मेवारी तोकियो  


pradesh4

२७ माघ, कास्की । ४ नम्बर प्रदेशका सबै मन्त्रालयका लागि सचिवको जिम्मेवारी तोकिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता झलकराम सुवेदीका अनुसार केही मन्त्रालयमा सचिवले जिम्मेवारी सम्हालिसकेका छन् । उनका अनुसार केहीले भने आइतबार जिम्मेवारी सम्हाल्नेछन् ।

सुवेदीका अनुसार आर्थिक मामिला मन्त्रालयका सचिव विष्णुराज ढकाल, भौतिक पूर्वाधार मन्त्रालयका सचिव भरतप्रसाद अर्याल र सामाजिक विकास मन्त्रालयका सचिव कृष्णमुरारी न्यौपानेले आइतबार जिम्मेवारी सम्हाल्नेछन् गरी तय गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !