१२ बैशाख २०८१, बुधबार

प्रधानमन्त्री ओली र थाइल्यान्डका राजदूत भोसितबीच भेटघाट

प्रधानमन्त्री र थाई राजदूतबीच शिष्टाचार भेट


प्रधानमन्त्री ओली र थाइल्यान्डका राजदूत भोसितबीच भेटघाट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि थाइल्यान्डका राजदूत भोसित भोरासाफबीच प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटघाट भएको छ । भेटमा दुई मुलुकबीच लामो समयदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ गतिका साथ अघि बढाउन विविध विषयमा वार्ता भएको बताइएको छ ।

प्रधानमन्त्री ओलीले राजदूत भोरासाफको सफल कार्यकालका लगि शुभेच्छा व्यक्त गर्दै यसै अवधिमा दुई देशबीच सम्बन्धका नयाँ आयामहरु पहिल्याउन सकिने विश्वाससमेत व्यक्त गरे । उनले दुई मुलुकबीच बौद्ध धर्ममार्फत जोडिएका सांस्कृतिक एवं जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउन दुवैतर्फ रहेका बौद्ध तीर्थस्थलमा पर्यटक आवागमनलाई बढावा दिइनुपर्ने धारणा राखेका थिए ।

प्रधानमन्त्री ओलीले दुई देशबीच कूटनीतिक सम्बन्ध ६२ वर्षअघि स्थापना भए पनि यी दुईको सम्बन्ध भने त्यसभन्दा धेरै लामो रहेको समेत उल्लेख गरे । यस सम्बन्धलाई थप उचाइ दिन नयाँ सम्भावना पहिल्याउनु पर्ने धारणा समेत उनले राखे ।

भेटका क्रममा राजदूत भोरासाफले थाइल्याण्ड र नेपालको भैरहवा विमानस्थलबीच सिधा हवाई सम्बन्ध जोड्न सकिए नेपालमा थाई पर्यटकको आगमन बढाउन सकिने विचार व्यक्त गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !