६ बैशाख २०८१, बिहिबार

दाङमा क्षेत्रीय विमानस्थल योजना ६ वर्षदेखि अध्ययनमै सीमित


dang airport

९ माघ, घोराही । दाङको नारायणपुरमा प्रस्तावित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल योजना बनेको ६ वर्ष बितिसक्दा समेत अध्ययनमै सीमित छ । सरकारले हालसम्म विमानस्थलको अध्ययनमा मात्र बजेट विनियोजन गरिरहेको छ ।

विमानस्थल निर्माणस्थलको तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्टसहितको प्राविधिकहरुको टोलीले १० माघ ०६८ मा अध्ययन गरेको थियो । त्यसपछि अध्ययन टोली पटक–पटक आए पनि निर्माण शुरु हुन सकेको छैन ।

सरकारले चालु आर्थिक वर्षमा वातावरणीय प्रभाव मूल्यांकनका लागि दुई करोड रुपैयाँ विनियोजन गरेको छ । ‘चालु आवमा अध्ययनबाहेक अन्य कुनै शीर्षकमा बजेट विनियोजन भएको छैन,’ नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले नताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !