८ बैशाख २०८१, शनिबार

एक महिनाभित्र निर्माण नथाले उद्योगको अनुमतिपत्र खारेज


vairaha

८ माघ, काठमाण्डौ । सरकारले भैरहवामा स्थापित विशेष आर्थिक क्षेत्र (सेज)मा जग्गा ओगटेका उद्योगलाई निर्माण सुरु गर्न एक महिनाको समयसीमा दिएको छ । सोमबार उद्योग मन्त्रालयमा बसेको सरकारी सरोकारवाला निकायको बैठकले एक महिनाभित्र उद्योगहरुले निर्माण नथाले सेजभित्र सञ्चालनका लागि दिइएको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको छ । सेजमा १९ वटा उद्योगले जग्गा पाउने गरी अनुमति पत्र पाइसकेका छन् । तर, बिजुली नपुगेको बाहना बनाएर उनीहरुले उद्योगको निर्माण थालेका छैनन् ।

बिजुली नपुर्‍याइदिएका कारण सेजमा उद्योग चल्न नसकेको आरोप लगाइएपछि विधुत प्राधिकरणसँग सेजसहित उद्योगीहरुको विवाद भएको थियो । त्यसबारे उद्योगमन्त्री सुनीलकुमार थापाले आह्वान गरेको सरोकारवालाको बैठकले बिजुलीका कारण नै उद्योग निर्माण थाल्न सुरु गर्न समस्या नहुने अवस्था नहुने निश्कर्ष निकालेको छ । बैठकमा प्राधिकरणका निर्देशक कुलमान घिसिङले तत्कालै १० मेगावाट जिुली सेजका लागि दिन सकिने अवस्था रहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !