७ बैशाख २०८१, शुक्रबार

स्रष्टाका खबरदारी सुन्न आह्वान


केपी शर्मा ओली

काठमाडौँ । देशलाई अग्रगतिमा लान आह्वान गरिएका स्रष्टाका खबरदारीपूर्ण आवाजलाई राजनीतिक नेतृत्वले सुन्नुपर्नेमा स्रष्टाहरुले जोड दिएका छन् ।

साहित्य सन्ध्याको शनिबार आयोजित ४१२औँ शृङ्खलामा प्रा. डा. भीम खतिवडाले स्रष्टाले समाज रूपान्तरण र खबरदारीको काम गरिरहेको तर राजनीति अस्तव्यस्त र अस्थिर भएको टिप्पणी गर्नुभयो । उहाँले बिग्रिएको समयलाई सुधार्ने समय आएकाले राजनीतिलाई कमाइखाने भाँडो नबनाई समाज सेवामा रूपान्तरण गरी समृद्धि र विकासमा केन्द्रित हुन आग्रह पनि गर्नुभयो ।

गोष्ठीमा गायत्री लम्साल, उर्मिला पन्त पाण्डेय, डा राजेन्द्र अधिकारी, कात्यायन, गोपाल बराल, शान्ता मानवी, गोपालकुमार मैनाली, रमेश पोखरेललगायतले रचना वाचन गर्नुभएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !