८ बैशाख २०८१, शनिबार

रमेश प्रसाईं वैवाहिक बन्धनमा बाँधिँदै, यी हुन् उनकी हुनेवाला बेहुली


रमेश प्रसाईं वैवाहिक बन्धनमा बाँधिँदै, यी हुन् उनकी हुनेवाला बेहुली

काठमाडौँ । चर्चित पब्लिक स्पिकर रमेश प्रसाईं वैवाहिक बन्धनमा बाँधिने भएका छन् । उनले कालीकोट महाबै गाउँपालिका-४ की नन्दा सिंहसँग विवाह गर्न लागेका हुन् ।

रमेश र नन्दाले आगामी मंसिर २२ गते सोमबारका दिन बिबाह गर्न लागेका हुन् । आफ्नो बोलीबाटै करोडौं दर्शक तथा स्रोताको मन जितेका रमेश विगत डेढ बर्षदेदेखि नन्दासँग प्रेम सम्बन्धमा रहेको बुझिएको छ ।

उनीहरुले धरानमा बिहे गर्ने बुझिएको छ । यसअघि लाइभ दोहोरी गाएपछि गायिका कल्पना दाहालसँग रमेशको नाम जोडिएको भएपनि कल्पना र रमेश मिल्ने साथी मात्र थिए । उक्त समयमा पनि रमेश र नन्दा गहिरो प्रेम सम्बन्धमा नै थिए ।

विशेष जानकारी अनुसार रमेश धरानबाट काठमाडौं बस्ने गरी आइसकेपछि उनीहरुको प्रेम थप गाढा भएको हो । नन्दा र रमेशबीच ३ वर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको छ ।

३ वर्ष अगाडि नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए । ३ वर्ष अगाडि इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए । अहिले सामाजिक सञ्जालमा उनीहरुको बिहेको निमन्त्रणा कार्ड भाइरल भएको छ ।

रमेश प्रसाईंसँग विवाह गर्न लागेकी नन्दा पनि दृष्टिविहीन हुन् । उनी समाज सेवामा सक्रिय छिन् । विगत केही वर्षदेखि उनी काठमाडौंको चाबहिलमा बालगृह सञ्चालन गरिरहेकी छिन् । नन्दाले १० जना अनाथ बालबालिकालाई आश्रय दिएकी छिन् ।

यी दुवैलाई सामाजिक सञ्जालमा बधाईको ओइरो लागेको छ । दृष्टिविहीन भएपनि प्रसाईं आफ्नो अद्भुत क्षमताका कारण चर्चित छन् । उनी निकै मीठो गीत पनि गाउँछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !