१२ बैशाख २०८१, बुधबार

भूकम्पपीडितहरुको दु:ख,शीत र तुसारोमा भिजेर रात कट्छ


kavre

२५ पुस, काभ्रे । अत्यधिक चिसोका कारणले गर्दा काभ्रेका भूकम्पपीडितहरुको बिचल्ली भएको छ । पीडितहरुले शीत र तुसारोमा भिज्दै चिसो रात काट्नुपरेको गुनासो गरेका छन् ।

मन्डन देउपुर नयाँगाउँकी धनमाया तामाङले मंसिरदेखि चिसोकै कारण रातभर निन्द्रा नपरेको दुखेसो पोखिन् । उनले भनिन्, ‘रातभरि निन्द्रा पर्दैन, म कहिले आगो तापेर अगेनामा बस्छु, कहिले नातिनातिना निदाए की छैनन् भनेर हेर्न जान्छु ।’

जस्ताको टहरावाट चुहिने शीतका कारण रातभर आगो बालेर जाग्राम बस्ने गरेको उनी बताउँछन् । बनेपा कार्की गाउँकी लक्ष्मीकुमारी कार्कीले भनिन्, ‘विहान उठ्दा सबै जिउ शीतले भिजेको हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !