७ बैशाख २०८१, शुक्रबार

अन्तत: डा. केसीलाई भेट्न शिक्षण अस्पताल पुग्यो सरकारी टोली, के कुरा भयो त ?


डा. केसीलाई भेट्न शिक्षण अस्पताल पुग्यो सरकारी टोली

काठमाडौँ, २० असोज । डा. गोविन्द केसीलाई भेट्न सरकारी टोली त्रिवि शिक्षण अस्पताल गएको छ । सत्याग्रह बसेको २३ दिनमा शिक्षासचिव गोपी मैनाली मंगलबार केसीलाई भेट्न शिक्षण अस्पताल गएका हुन् ।

केसीलाई भेटेर सचिव मैनालीले सत्याग्रह स्थगित गर्न अनुरोध गरेपनि केसीले सत्याग्रह स्थगित नगर्ने अडान राखे । उनले सरकारका प्रवक्ताकै भनाइअनुसार नै अभिव्यक्ति आएको र त्यसका लागि दु:ख गरिरहन नपर्ने बताएका थिए ।

केसीका सहयोगी डा. प्रितम सुवेदीले भने, ‘सरले औपचारिक रूपमा वार्ता समिति गठन गरेर कुरा गर्न आउन भन्नुभयो।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !