१२ बैशाख २०८१, बुधबार

सप्तरी–सिरहाका गाउँ जोड्न झोलुङ्गे पुल बन्ने


jholunge-pul

सप्तरी, २५ भदौ । सप्तरी र सिरहा जिल्लाका गाउँ जोड्न बलान खोलामा झोलुङ्गे पुल बन्ने भएको छ । सप्तरीको बलान बिहुल गाउँपालिकास्थित दूधैला घाट र सिरहाको भगवानपुर गाउँपालिकाको सिनुरियाघाट जोड्ने गरी सीमामा रहेको बलान खोलामा झोलुङ्गे पुल बन्न लागेको हो ।

नेपाल सरकार र स्वीस बैंकको साझेदारीमा बन्न लागेको पुलको लम्बाइ २७२ मिटर रहने बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले जानकारी दिनुभयो । गोइतका अनुसार पुलको लागत करीब रु तीन करोड हुने छ ।

वर्षाका बेला बलान खोलामा आउने बाढीले सप्तरी र सिरहाको सीमाक्षेत्रका बासिन्दा प्रभावित हुने गरेको र आवतजावत ठप्प हुने गरेको थियो । झोलुङ्गे पुल बन्ने भएपछि स्थानीयवासी खुःशी भएका छन् ।

कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन बन्दाबन्दी र निषेधाज्ञाका कारण धेरै आयोजनाका काम ठप्प भए पनि निर्माणस्थललाई पूर्ण रूपमा बन्द गरेर आजदेखि पुलको काम शुरु गरिने भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचन यादवले बताउनुभयो । कामदारको सुरक्षासहित निर्माणको कामलाई अगाडि बढाइने जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !