७ बैशाख २०८१, शुक्रबार

चित्लाङमा दुर्लभ राजगोमन भेटियो


राजगोमन

टिस्टुङ, ९ भदौ । दुर्लभ र विषालु मानिने राजगोमन (किङ्ग कोब्रा) प्रजातिको सर्प उत्तरी मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङमा भेटिएको छ । यही साउन ७ गते आइतबार राती चित्लाङका बुद्ध बलामीले आफ्नै घरभित्र अनौठो सर्प देखेपछि वडाध्यक्ष पर्शुराम श्रेष्ठलाई फोन गर्नुभएको थियो । बलामीले स्थानीय क्षेत्रमा पाइने सर्प छोपेर बसिरहेको अवस्थामा राजगोमनलाई देख्नु भएको थियो ।

भक्तपुरबाट सर्प उद्धार समूहका सदस्य बोलाइ सोमबार राजगोमनको उद्धार गरिएको थियो । राजगोमन नौ फिट १० इन्च लामो र चार किलो तौलको रहेको छ । उद्धारपछि समूहका सदस्यले स्थानीयलाई राजगोमनको बारेमा जानकारी गराएका थिए । उद्धार गरिएको राजगोमनलाई चित्लाङस्थित चन्द्रागिरी जङ्गलमा लगेर सुरक्षित तवरले छाडिएकोे वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !