१३ बैशाख २०८१, बिहिबार

राष्ट्रपति भण्डारीलाई युएई भ्रमणको निम्तो


Bidhya-Devi-Bhandari

कार्तिक २२, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारीलाई संयुक्त अरब इमिरेट्स (युएई) को अवुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमाण्डर शेख मोहम्मद बिन जायद अल ताह्यानले युएई भ्रमणका लागि आमन्त्रण गर्नुभएको छ ।
नेपालका लागि युएईका राजदूत सइद हमदान अल नाक्बीले राष्ट्रपति भण्डारीलाई आज अपराह्न शीतल निवासमा शिष्टाचार भेट गरी युवराजको निमन्त्रणापत्र हस्तान्तरण गर्नुभयो ।
राष्ट्रपति कार्यालयका अनुसार शिष्टाचार भेटका अवसरमा नेपाल–युएई सम्बन्धका साथै आपसी हित र चासोका विषयमा विचार विमर्श भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !