, पहिरोमा १७ घर पुरिए

पहिरोमा १७ घर पुरिए

बझाङ, २० असार । बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएका छन् । सो पहिरोमा सात बेपत्ता भएकामध्ये तीन जनाको शव भेटिएको प्रहरीले जनाएको छ । अविरल वर्षापछि शुक्रबार राति १२ बजेतिर पहिरो आएको हो ।

गाउँपालिका–८ का वडाध्यक्ष गणेश बोहराले जानकारी दिएअनुसार ११ वर्षीया सुन्ता जेठारा, सात वर्षीया अस्मिता जेठारा र ११ वर्षीय प्रयागराज जेठाराको शव भेटिएको छ भने अन्यको शव पुरिएको छ । बेपत्ता भएकाहरुमा ८० वर्षीय दले जेठारा, २० वर्षीय जिरजा जेठारा, ४४ वर्षीया रामदेवी जेठारा र सात वर्षीया शान्ता जेठारा रहेको पनि उहाँले घटनास्थलबाट जानकारी दिनुभयो ।

पुरिएकी रामदेवी जेठाराका मृत भेटिएका छोरा प्रयागराजसहित छोरी अस्मिता हुन् भने शान्ता बेपत्ता छिन् । पुरिएका घरको पशु चौपायसहित अन्य खाद्यान्न, धन सम्पत्ति पनि क्षति भएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताउनुभएको छ ।