१३ बैशाख २०८१, बिहिबार

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं कंग्रेस बैठक आजबाट शुरु


कात्तिक १, बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं कंग्रेस बैठक आजबाट शुरु हुने भएको छ । कडा सुरक्षाका बीच राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा शुरु हुने कंग्रेसमा २ हजार ३ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् ।

कंग्रेसले आगामी पाँच वर्षका लागि चिनियाँ कम्युनिस्ट पार्टीको नयाँ नेतृत्व चयन र भावी रणनीति तय गर्नेछ । बैठकले २ सय केन्द्रीय समिति र २४ सदस्यीय पोलिटब्यूरोसमेत चयन गर्नेछ ।

चयन भएको पोलिटब्यूरोले ७ सदस्यीय स्ट्यान्डिङ कमिटी बनाउने छ । एक सातासम्म चल्ने कंग्रेस बैठकले राष्ट्रपति सी चिनफिङलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन गर्ने सम्भावना रहेको बताइएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !