८ बैशाख २०८१, शनिबार

ब्राजिलमा पनि अलग्गै राज्यका लागि जनमत संकलन गरिदैं


असोज २२, ब्राजिल । ब्राजिलको दक्षिणी भेगका जनताले अलग्गै राज्यका लागि प्रयास थालेका छन् । एउटा अनौपचारिक मतदानमा जनतालाई के उनीहरु अलग्गै राज्य बनाउन चाहन्छन् भन्ने प्रश्न सोधिएको छ । स्पेनको क्याटालोनिया अलग गर्न जनमत संग्रह गराएको साता दिनको अन्तरालको सोही प्रकृतिको मतदान गराइएको हो । ‘दक्षिण मेरो राष्ट्र’ नामक अभियानमा रहेका अभियन्ताहरुले रियो ग्राड दो सुल, सान्ता कातारिना र पाराना राज्यका एक हजार नगरपालिकामा यस्तो मतदान आयोजना गरेका हुन् ।

यस अभियानका नेता सिल्सो डेउचरले ३० लाख मत संकलन हुने बताएका छन् । मतदाताले पनि ब्राजिल सरकारमा रहनेहरुले गरेको भ्रष्टाचार र बेथितिबाट आफूहरु दिक्क भएको भन्दै नयाँ अभियानमा समर्थन रहेको जनाएका छन् ।

भ्रष्टाचारको शिखरमा पुगेको ब्राजिल प्रशासनबाट आफूहरुले कुनै आशा गर्ने ठाउँ नराखेको उनीहरुको भनाइ छ । गत वर्षको अक्टोबरमा पनि यस्तै खाले मत संकलन गरिएको थियो । जहाँ ६ लाखभन्दा बढी भोट खसेको थियो । ब्राजिलमा बेलगाम बढेको भ्रष्टाचारका कारण देश नै टुक्र्न सक्ने खतरा बढेको विश्लेषकहरुले बताएका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !