६ बैशाख २०८१, बिहिबार

बार्सिलोना र रियलका पूर्वप्रशिक्षक राडोमिर एन्टिकको निधन


राडोमिर एन्टिक

एजेन्सी, चैत २५ । स्पेनका शीर्ष क्लब रियल म्याड्रिड, बार्सिलोना र एथ्लेटिको म्याड्रिडका पूर्व प्रशिक्षक एन्टिकको सोमबार निधन भएको हो । स्पेनिस ला लिगा फुटबलका चर्चित पूर्वप्रशिक्षक राडोमिर एन्टिकको निधन भएको छ ।

सर्बियाका ७१ बर्षीय एन्टिक लामो समयदेखि पेनक्रिएटाईटिस रोगबाट ग्रसित थिए । एन्टिक सन् १९९० देखि १९९६ सम्म एथ्लेटिकोको प्रशिक्षक थिए । उनले एथ्लेटिकोलाई स्पेनिस ला लिगा र कोपा डेल रे उपाधि पनि दिलाए ।

सन् १९९१ र १९९२ को सिजन रियलमा विताएका उनले सन् २००३ को सिजन बार्सिलोना हेरेका थिए । उनी सन् २०१० को विश्वकप फुटबलमा सर्बिया टिमको प्रशिक्षक थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !