७ बैशाख २०८१, शुक्रबार

कोविड–१९ विरुद्ध लड्न म्यानमारलाई संयुक्त राष्ट्रसंघले थप सहयोग गर्ने


कोरोना भाइरस

एजेन्सी, २१ चैत । संयुक्त राष्ट्रसंघको म्यानमारमा रहेको शाखाले कोविड–१९ विरुद्ध लड्नको लागि म्यानमार सरकारलाई थप सहयोग गर्ने बिहीबार जानकारी दिएको छ ।

कम्बल, भान्साका समानहरु, लामखुट्टेबाट बचाउने सामाग्री र सरसफाइलगायतका ५ हजार भन्दा बढी सामानहरु याङ्गुनको क्षेत्रीय स्वास्थ्य विभागमा चाँडै पठाइने संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफान डुजारिकले बिहीबार बताउनु भएको छ ।

विश्व संगठनले याङ्गुनमा क्वारन्टाइन सुविधालयात खाद्यान्न सहयोग पु¥याउने डुजारिकले थप जानकारी दिनु भएको छ ।

संयुक्त राष्ट्रसंघले यसअघि म्यानमारको स्वास्थ्य र खेलकुद मन्त्रालयलाई पाँच हजार भन्दा बढी टेस्ट किटहरू पठाउने योजनाको घोषणा गरेको थियो ।

म्यानमार कोरोना भाइरसको सङक्रमण २० भन्दा बढी व्यक्तिमा देखिएका स्वास्थ्य र खेलकुद मन्त्रालयले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !