७ बैशाख २०८१, शुक्रबार

भारतमा कोरोना भाइरसका कारण एकैदिन २३ जनाको मृत्यु


कोरोना भाइरस परीक्षणको नयाँ टेष्ट किट भारतमै निर्माण गरिदै

चैत २०, एजेन्सी । चीनवाट महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण भारतमा एकदिनमै २३ जनाको मृत्यु भएको छ । एकदिनमै २३ जनाको मृत्यु भएसँगै भारतमा मृत्यु हुनेको संख्या ५८ पुगेको छ । बुधबार मात्र भारतमा ६ सय १ जना संक्रमित भेटिएका छन् । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिब २ हजार पुगेको छ ।

यसको रोकथाम र नियन्त्रणका लागि भारतीय प्रधानमन्त्रीले तीन हप्ताको लकडाउन घोषणा गरेको छ । सबैभन्दा प्रभावित राज्यहरुमा उच्च सतर्कता अपनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !