६ बैशाख २०८१, बिहिबार

कोरोना संक्रमण रोक्न इटालीमा लकडाउन अवधि थपियो


कोरोना भाइरस परीक्षणको नयाँ टेष्ट किट भारतमै निर्माण गरिदै

चैत्र १८,एजेन्सी । कोरोना भाइरस संक्रमण रोक्न इटालीले अप्रिल १२ सम्म ‘लकडाउन’ अवधि थप गरेको छ । पछिल्लो तीन सातादेखि इटाली ‘पूर्ण रूपमा बन्द’ रहेपनि कोरोना नियन्त्रणको लागि इटालीले लकडाउनको समय थप गरेको हो । अत्यावश्यकबाहेक कसैलाई पनि बाहिर निस्कन दिइएको छैन भने मानिस भेला हुने सबै सार्वजनिक क्षेत्र बन्द छन् । देशैभर सुरक्षाकर्मीको बाक्लो उपस्थिति गराइएको छ र ठूलो संख्यामा स्वास्थ्यकर्मी परिचालित छन् ।

इटालीमा ११ हजार ५ सय ९१ जनाको कोभिड–१९ संक्रमणका कारण मृत्यु भइसकेको छ भने १ लाख १ हजार ७ सय ३९ जना संक्रमित पुष्टि भएकोमा १४ हजार ६ सय २० जना निको भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !