४ बैशाख २०८१, मंगलबार

सिंगापुरमा कोरोनाको प्रभाव: सार्वजनिक स्थानमा २ जनाबीचको दूरी एक मिटर नराखे ८ लाख जरिवाना


singapore

चैत्र १४, एजेन्सी । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सिंगापुरले आजदेखि लागू हुनेगरी कडा नियम ल्याएको छ । उक्त नियम अनुसार सार्वजनिक स्थानमा दुई जना व्यक्तिबीचको दूरी १ मिटर कायम नगरे १० हजार सिंगापुर डलर जरिवाना अथवा ६ महिना जेल वा दुवै सजाय हुन सक्ने व्यवस्था गरिएको छ । इटालीमा पनि कोरोना संक्रमित व्यक्ति घरबाट निस्किए ५ वर्षसम्म जेल सजाय हुने व्यवस्था गरिएको छ ।

सिंगापुर सरकारले बिनाकाम १० जनाभन्दा बढी भेला नहुन पनि सबैलाई निर्देशन दिएको छ । शुक्रबार बिहानसम्म सिंगापुरमा ६८३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। त्यसमध्ये १७२ जना निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी छ। सिंगापुरमा कोरोना संक्रमणबाट अहिलेसम्म २ जनाको मात्रै मृत्यु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !