, स्ट्रासबर्ग आगलागीमा पाँचको ज्यान गयो

स्ट्रासबर्ग आगलागीमा पाँचको ज्यान गयो

स्ट्रासबर्ग, फ्रान्स, १५ फागुन । पूर्वी फ्रान्सेली शहर स्ट्रासबर्गमा बिहीबार बिहान सबेरै आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ भने साता जना घाइते भएका छन् ।

अग्नि नियन्त्रण सेवाका अनुसार सात तले आवासीय भवनमा राति आगलागी शुरु भएको थियो । बाक्लो धुवाँ भवनभित्र फैलिएपछि धेरै मानिसलाई राति नै बाहिर निकाल्नु परेको थियो ।
मृत्यु हुनेहरुमा ३० र ४० वर्ष उमेर हाराहारीका तीन जना पुरुष र २५ र ७० वर्षका दुई महिला रहेका छन् ।

“धुवाँका कारण श्वास फर्न कठिन भएर पाँचै जनाको मृत्यु भएको प्रारम्भिक विवरणमा देखिएको छ,” उद्धारकर्मीले बताएका छन् ।

दुर्घटनामा घाइते भएका अन्य सात जनाको स्वास्थ्य अवस्था निकै नाजूक रहेको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।