१३ बैशाख २०८१, बिहिबार

गौतम बुद्धको जन्मस्थल नेपाल श्रीलंकाको मुटुमा छ : नवनिर्वाचित राष्ट्रपति राजापाक्ष


गोटाबाया राजापाक्षे

३ मंसिर, काठमाडौं । श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोतावया राजापाक्षलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटरमार्फत दिएको बधाइ सन्देशमा तत्काल प्रतिक्रिया दिँदै राष्ट्रपति राजापाक्षले गौतम बुद्धको जन्मस्थल लुम्बिनी श्रीलंकालीहरूको मन मस्तिकमा रहेको भन्दै निकट भविष्यमै ओलीसँग भेट हुने अपेक्षा गरेका छन् ।

राष्ट्रपति राजापाक्षले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको अस्तित्व पुनः गतिशील बनाउने कुरामा समेत जोड दिएका छन् । राष्ट्रपति राजापाक्षले भनेका छन्–भगवान् गौतम बुद्धको जन्मस्थल भएका कारण नेपाल श्रीलंकालीहरूको मन–मुटुमा विशेष स्थान राख्छ । सार्क क्षेत्रभित्र शान्तिपूर्ण सहअस्तित्वको वृद्धि र आर्थिक समृद्धिका लागि मैले प्रयास गर्नेछु र छिट्टै नै तपाईंलाई भेट्ने अवसरको प्रतीक्षामा रहनेछु ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !