१३ बैशाख २०८१, बिहिबार

पाकिस्तानका प्रधानमन्त्री खानको राजीनामा माग्दै प्रदर्शन


Imran-Khan-Pakistan

१४ कात्तिक, एजेन्सी । पाकिस्तानका विपक्षी पार्टी एवम् पाकिस्तानको सबैभन्दा ठूलो धार्मिक समूह जमियत उलेमा-ए-इस्लाम (जेयूआई)ले प्रधानमन्त्री इमरान खानको राजीनामा र नयाँ चुनावको माग गर्दै प्रदर्शन सुरु गरेको छ ।

जेयूआईको प्रदर्शनलाई विपक्षी पार्टीहरु पीपीपी र मुस्लिम लीग (नवाज)ले समेत समर्थन गरेका छन् । जेयूआईले राजनीतिक शाखा अन्सार उल इस्लामको स्वतन्त्रताको माग गर्दै देशव्यापी मार्च निकालेको छ । क्वेटा र कराँचीबाट सुरु भएको यो मार्च लाहोर हुँदै बिहीबार राजधानी इस्लामावाद पुग्दैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !