४ बैशाख २०८१, मंगलबार

बेलायतमा १२ डिसेम्बरमा तेस्रो आम चुनाव


belayat

१३ कात्तिक, एजेन्सी । प्रधानमन्त्री बोरिस जोनसनको निर्वाचन प्रस्ताव संसदको तल्लो सदन हाउस अफ कमन्सले बहुमतले पारित गरेपछि बेलायतमा आउँदो १२ डिसेम्बरमा आम निर्वाचन हुने भएको छ ।

निर्वाचनसम्बन्धी विधेयकको पक्षमा ४३८ र विपक्षमा जम्मा २० मत परेको थियो । यसबाट ४१८ को बहुमतबाट प्रधानमन्त्री बनेका जोनसनको चुनाव गराउने प्रस्ताव सफल भयो । बेलायतमा पछिल्लो पाँच वर्षमा हुन लागेको यो तेस्रो आम चुनाव हो । सन् १९२३ पछि बेलायतमा डिसेम्बर महिनामा गर्न लागिएको यो पहिलो चुनाव पनि हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !