१२ बैशाख २०८१, बुधबार

भारतमा रेल दुर्घटना, ३६को मृत्य् कैयौं घाइते


rail accident india

भारतको आन्ध्र प्रदेशमा भएको रेल दुर्घटनामा कम्तिमा ३६ जनाको मृत्यु भएको र कैयौं मानिसहरु घाइते भएको अधिकारीहरुले बताएका छन्।

विजियानागरम जिल्लाको कुनेरु स्टेशन नजिकै रेलको नौ वटा डिब्बा र इन्जिन लीग बाहिर गएको इष्ट कोष्ट रेवलेका प्रमुख जेपी मिश्रले बताए।

कैयौं मानिसहरु अझ पनि फँसेका छन् र उद्दारकर्ताहरुले मृतक संख्या बढ्ने चेतावनी दिएका छन्।

दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन।

दुर्घटना भएको क्षेत्र माओवादी गढका रुपमा चिनिन्थ्यो।

मिश्रले घाइतेहरुलाई स्थानीय अस्पतालमा लगिएको बताए।

राष्ट्रिय रेलका प्रवक्ता अनिल सक्सेनाले भने, “आपतकालीन टीमले रातभर बाँचेकाहरुको खोजी गरेको थियो।”

रेलका धेरैजसो उपकरण धेरै पुराना भइसकेकाले रेल दुर्घटना भारतमा अस्वाभाविक कुरा होइन।

गत नोभेम्बर महिनामा भारतको उत्तर प्रदेश राज्यमा त्यस्तै दुर्घटनामा १४० जनाको ज्यान गएको थियो।

मार्च २०१५ मा उत्तर प्रदेशमा भएको अर्को दुर्घटनामा ३९ जना मारिएका र १५० जना घाइते भएका थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !