१३ बैशाख २०८१, बिहिबार

साउदी अरबको तेल प्रशोधन केन्द्रमा आक्रमण


९ असोज, एजेन्सी । साउदी अरबको तेल प्रशोधन उद्योगमा आक्रमण भएको छ आक्रमण भएसँगै साउदीले त्यसको प्रतिउत्तरमा आफूसँग सैनिक कारबाहीसहित अन्य सबै विकल्प भएको चेतावनी दिएको छ । तर सबै पक्षले युद्ध टार्न खोजिरहेको साउदी विदेश मन्त्रालयका प्रवक्ता अदेल अल जुबैरले अन्तर्राष्ट्रिय समाचार समितिलाई बताएका छन् ।

अमेरिका र साउदी अरबले ती आक्रमणमा इरानको संलग्नता भएको दाबी गर्दै आएका छन् । साउदी अरबमा उत्पादन हुने करिब आधा जति नै प्रभावित हुनेगरी भएका आक्रमणमा इरानको संलग्नताबाहेक अरू विश्वसनीय आधार नदेखिएको यी दुई देशले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !