११ बैशाख २०८१, मंगलबार

अमेरिकी नेतृत्व गठबन्धन सैनिकले इराकमा खसाल्यो ४० टन बम


२६ भदौं, काठमाडौं । अमेरिकी युद्ध विमानहरुले इस्लामिक स्टेट समूह९आईएस०को गढ मानिएको इराकी द्वीपमा ३६ हजार किलोग्राम (४० टन) बम खसालेको छ ।

अमेरिकी नेतृत्व गठबन्धनले टिग्रिसको क्युनस द्वीपमा लेजर–निर्देशित ‘एफ–१५’ र एफ ३५ युद्धक विमान प्रयोग गरी बम खसालेको विदेशी समाचार संस्था एसोसिएटेड प्रेस (एपी)ले जनाएको छ ।

राजधानी बगदादबाट उत्तरमा पर्ने सलाहेद्दिनको मध्य प्रान्तस्थित उक्त द्वीप सन् २०१७ मा आईएसले आफ्नो कब्जामा लिएको थियो । यो समाचार कान्तिपुर दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !