१२ बैशाख २०८१, बुधबार

स्वीडेनको विदेशमन्त्रीमा आन लिन्ड नियुक्त


Nepalpatra

स्टकहोम, २५ भदौ । स्वीडेनको विदेशमन्त्रीमा आन लिन्ड नियुक्त हुनुभएको छ । स्वीडेनको संसदको पहिलो सत्रमा उक्त घोषणा गरिएको हो । यसअघि विदेशमन्त्रीमा मार्गोट वाल्स्ट्रोम हुनुहुन्थ्यो ।

अनुभवी राजनीतिज्ञ आन लिन्ड स्वीडेनको विदेश व्यापार मन्त्री तथा नर्डिक मामिलासम्बन्धी मन्त्री हुनुहुन्थ्यो ।

नवनियुक्त आन लिन्डले विदेशमन्त्रीको जिम्मेवारी पाएकामा खुशी व्यक्त गर्नुभयो । गत शुक्रबार वाल्स्ट्रोमले आफूले पदबाट राजिनामा दिन चाहेको बताउनुभएको थियो । उहाँ पाँच वर्षसम्म स्वीडेनको विदेशमन्त्री हुनुहुन्थ्यो । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !