४ बैशाख २०८१, मंगलबार

पश्चिम अफगानिस्तानमा तालिबानको आक्रमण


हिंसा

हेरात, अफगानिस्तान, २० भदौ । पश्चिमी अफगानिस्तानका प्रमुख शहरमा तालिबान लडाकू समूहले शुक्रवार आक्रमण गरेका छन् । अमेरिकाले आफ्ना सेना फिर्ता गर्ने सम्झौता गरेको लगत्तै तालिबान आक्रमणमा बृद्धि भएको अधिकारीहरूले जनाएका छन् ।

फराह प्रान्तको प्रान्तीय राजधानी फराह शहरमा दर्जनौं तालिबान लडाकूले आक्रमण गरेर अफगान सेनाको भर्ती केन्द्र कब्जा गरेका छन् ।

फराहका प्रान्तीय गभर्नरका प्रवक्ता फारुक बराकजईले एएफपीलाई उक्त जानकारीदिनु भएको छ । तालिबानका प्रवक्ता कारी युसुफ अहमदीले सो प्रान्तमा ‘ठूलो अपरेसन’ भएको बताएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता नसरत रहिमीले भने तालिबानको ठूलो प्रहार भोगिसकेको र छिट्टै हटाइने बताउनु भएको छ ।

गत वर्षको मेमा तालिबानले फारह शहर कब्जा गर्न ठूलो प्रयास गरेको भए तापनि अन्तमा अफगान र अमेरिकी सेनाको संयुक्त प्रयासमा तालिबान लडाकूको हार भएको थियो ।
तालिबानले हालैका दिनहरूमा वासिंगटनसँग वार्ता गरे पनि अमेरिकी सेनाले विभिन्न सुरक्षा सुनिश्चितताहरूको बदलामा अफगानिस्तानबाट सेना फर्काउने सम्झौता गरेको छ । ( रासस÷एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !