१२ बैशाख २०८१, बुधबार

हङकङमा ठूलो राजनीतिक संकट, विकल्प थियो भने राजीनामा दिन्थें : क्यारी लाम


१७ भदौं, काठमाडौं । हङकङकी प्रमुख कार्यकारी क्यारी लामले सहरमा राजनीतिक संकट सुरु गराएर आफूले ‘माफ दिन नमिल्ने खालको विध्वंस’ गरेको भन्दै यदि मिल्थ्यो भने पदबाट राजीनामा दिने मनस्थिती रहेको बताएकी छिन् ।

व्यापारीहरुको एउटा समुहसँग गत साता गरेको वार्तालापको अडियोमा प्रमुख कार्यकारी लामले आफूसँग विकल्प थियो भने पदबाट राजीनामा दिने मनस्थिति रहेको बताएकी थिइन् ।

बन्द कोठामा आयोजित सो बैठकमा कार्यकारी लामले विद्यमान हङकङ संकट सामाधानका लागि आफूसँग ‘अति नै कम विकल्प’ रहेको समेत बताएको समाचार एजेन्सी रोयटर्सले प्रकाशन गरेको विशेष रिपोर्टमा उल्लेख गरिएको छ । उनले हङकङको वर्तमान संकट चीनको संयुक्त राज्य अमेरिकासँग बढिरहेको तनावसँगै उब्जिएकाले अब यो राष्ट्रिय सुरक्षा र स्वाधिनाताको विषयसँग जोडिएको बताइन् । यो समाचार नागरिक दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !