१२ बैशाख २०८१, बुधबार

अफगानिस्तानमा बसले बेवारिसे बमलाई ठक्कर, ज्यान गुमाउनेको सङ्ख्या बढ्यो


हिंसा

१५ साउन, फराह । अफगानिस्तानको पश्चिमी भेगमा रहेको फराह प्रान्तको एक राष्ट्रिय राजमार्गमा बेवारिसे अवस्थामा छाडिएको शक्तिशाली बमलाई लामो दुरीका चल्ने एक यात्रुबाहक बसले ठक्कर दिँदा बसमा यात्रारत कम्तीमा ३४ जनाको मृत्यु भएको छ ।

शु्रुमा प्राप्त समाचारमा यस दुर्घटनामा परी २८ जनाको मृत्यु भएको जनाइएको थियो । स्थानीय अधिकारीहरुले उक्त घटनाको पुष्टि गरेका छन् ।

बुधबार बिहान करिब ६ बजे भएको उक्त दुर्घटनामा ज्यान गुमाउनेहरुमा अधिकांश महिला र बालबालिका रहेका स्थानीय प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई छिमेकमा रहेको हेरात प्रान्तमा उपचारको लागि पठाइएको बताइएको छ । घाइते मध्ये केहीको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या पनि बढ्ने अनुमान गरिएको छ ।

यस बम अफगानिस्तानको विद्रोही समूह तालिबानले विस्फोट गराएको अनुमान गरिएको छ । राष्ट्रसंघले मंगलबार मात्र अफगानिस्तानमा द्वन्द्वको चपेटामा परेर सर्वसाधारण बढी मारिएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

तालिबान लडाकू समूह सुरक्षाबललाई लक्ष्यगरी विस्फोटक पदार्थ, सडक किनारको बम र बारुदी सुरुङ्ग आक्रमण गर्दै आएका छन् ।

तर तालिबान लडाकू समूहले तयार पारेका घातक घरेलु हातहातियारले पनि सर्वसाधारण जनतालाई हानी पु¥याउँदै आएको छ ।

अफगानिस्तानमा जारी द्वन्द्वमा यसै वर्षको शुरुको छ महिनामा नै १ हजार ३६६ जना सर्वसाधारणको मृत्यु भएको छ भने, दुई हजार ४४६ जना घाइते भएका छन् । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !