७ बैशाख २०८१, शुक्रबार

पहिरोमा परी १५ को मृत्यु


शव

९ साउन । चीनको दक्षिणपश्चिमी क्षेत्रमा रहेको गुइजोउ प्रान्तका पहिरोमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

स्थानीय समयानुसार बिहीबार बिहान ८ बजेसम्म १५ जनाको शव फेला परेको र अन्य ११ जनालाई उद्धार गरिएको छ । अझै ३० जना वेपत्ता रहेका छन् ।

मङ्गलबार राती ९ः२० बजे सो क्षेत्रमा पहिरो खसेकाले २१ ओटा घर डुबानमा परेको र ५० भन्दा बढी मानिस त्यहाँ फसेकाे उद्धारकर्ताहरूले जानकारी दिएका छन् ।

बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको उद्धारकर्ताहरूले बताएका छन् । उद्धार गरिएका व्यक्तिको अस्पतालका उपचार भइरहेको छ । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !