१३ बैशाख २०८१, बिहिबार

अफगानिस्तानमा भएको कारबाहीमा सात आतङ्ककारी मारिए


हिंसा

६ असार । अफगानिस्तानको दक्षिणी प्रान्त हेलमाण्डमा बुधबार भएको एक सुरक्षा कारबाहीमा परी कम्तीमा सात लडाकू मारिएका छन् ।

तालिबान समर्थक ती लडाकूहरु सात मारिनुका साथै अन्य आठ जना घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल सलाम अफगानले बिहीबार बताउनु भएको छ

सुरक्षाबलले एबुम्स थापेर उक्त कारबाही गरेका प्राप्त समाचारमा जनाइएको छ । हेलमाण्ड प्रान्तको पुल सेयाह क्षेत्रमा बुधबार अबेर राति सुरक्षा जाँचचौकी आक्रमण गर्न हिडेका ती तालिबान लडाकू समूहलाई सुरक्षाबलले एम्बुस आक्रमण गरेका बताइएको छ ।

सुरक्षाबल र तालिबान लडाकू समूहबीच भएको दोहोरो गोली हानाहानमा सुरक्षाबलतर्फ कुनै क्षति नभएको जनाइएको छ । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !