१३ बैशाख २०८१, बिहिबार

क्यामरुनमा सडक दुर्घटना, २२ जना मारिए


शव

याउन्डे, ९ असार । क्यामरुनको पश्चिमी क्षेत्रमा रहेको ब्याटी–बाहाम राजमार्गमा आइतबार भएको दुर्घटनामा करिब २२ जनाको मृत्यु हुनुका साथै अरु धेरै जना घाइते भएका छन् ।

प्रहरीका अनुसार यात्रुबाहक बस चिप्लिएर ट्रकसँग ठोक्किएर दुर्घटना भएको थियो ।

घटनास्थलमै १९ जनाको मृत्यु भएको र अरु तीन जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता अगस्टाइन आवा फोन्काले बताउनुभयो ।

प्रहरीले कतिपय घाइेतेको अवस्था निकै नाजुक रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाएको छ । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !