७ बैशाख २०८१, शुक्रबार

साउदी अरब युद्ध चाहँदैन : युवराज सल्मान


saudi-arebia

रियाद, १ असार । साउदी अरबका युवराज मोहम्मद बिन सल्मान अल साउदले आफ्नो देशले क्षेत्रीय युद्ध नचाहेको बताउनु भएको छ ।

एक पत्रिकालाई आइतबार दिएको अन्तर्वार्तामा उहाँले कसैको दवावमा कुनै सम्झौता गर्न नडराउने पनि प्रष्ट पार्नुभयो ।

“यो अधिराज्य क्षेत्रीय युद्ध गर्न चाहँदैन, तर हाम्रो देश, जनता, सार्वभौमिकता र हाम्रो महत्वपूर्ण चासोको विरुद्धमा दिइने दवावबाट पछाडि हट्ने छैनौं,” अन्तर्वार्ताका क्रममा उहाँले भन्नुभएको छ ।

इरानको हालैको गतिविधिलाई लक्षित गर्दै युवराज सल्मानले यस्तो धारणा राख्नु भएको बताइएको छ ।

यमन संकटका बारेमा सोधिएको प्रश्नमा उहाँले राजनीतिक तरिकाले संकट समाधान गर्नु पर्नेमा जोड दिनुभयो ।

युवराज सल्मानले क्षेत्रीय सुरक्षा र स्थायित्वलाई आधार बनाएर अमेरिकासँग रणनीतिक सम्बन्ध कायम गर्नुपर्ने धारणा राख्नु भएको छ ।

साउदी पत्रकार जमाल खसोग्जीको पीडादायी हत्याका सम्बन्धमा उहाँले “पूर्ण न्याय र विश्वसनीयता” साउदी अरबले चाहेको उल्लेख गर्नुभयो ।

“कपिपयले यसलाई राजनीतिक रुप दिन खोजेका छन्, त्यसलाई रोकौँ, बरु प्रमाणहरु छन् भने अदालतमा पेस गरौँ” उहाँले भन्नुभयो । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !