८ बैशाख २०८१, शनिबार

अफगानिस्तानको फराहमा भिडन्त


सात प्रहरी अधिकारीको मृत्यु

फराह, २६ जेठ । अफगानिस्तानको पश्चिम फराह प्रान्तमा सेनाले गरेको कारबाहीमा छ जना सशस्त्र तालिबान लडाकूहरु मारिएको प्रान्तीय प्रहरी प्रवक्ताले बताएका छन् ।

प्रवक्ता मोहिबुल्लाह मोहिबका अनुसार शनिबार राति अनार डारा जिल्लाको जियारात अबगर्म गाउँमा गरिएको सेनाको कारबाहीमा ती लडाकू मारिएका हुन् । सैनिक कारबाहीमा अरु पाँच जना लडाकू घाइते भएका छन् ।

सुरक्षाकर्मीतर्फको क्षतिका बारेमा सोधिएको एक प्रश्नमा प्रवक्ता मोहिबले सैनिक कारबाही जारी रहने स्पष्ट गर्नुभयो ।

हिंसाबाट प्रताडित फराह प्रान्तमा तुलनात्मक रुपमा तालिबानी लडाकूको प्रभाव धेरै छ । उक्त घटनाका बारेमा तालिबानीका तर्फबाट कुनै प्रतिक्रिया प्राप्त भएको छैन । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !