११ बैशाख २०८१, मंगलबार

बेपत्ता चालक दलका सदस्यको खोजी कार्यलाई विस्तृत बनाइयो


indonesia-1 (1)

जाकार्ता, २३ । इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तमा कार्गो जहाज दुर्घटनामा परी बेपत्ता भएका चालक दलका १७ सदस्यको खोजी कार्यलाई विस्तृत बनाइएको इन्डोनेसियाको सरकारी स्रोतले बिहीबार जानकारी दिएको छ ।

गत शनिबार भएको यस घटना चालक दलका एक सदस्यलाई भारतीय जहाजले उद्धार गरेपछि मात्र खुलाशा भएको थियो । सो दुर्घटनामा परेका याकोब नामक एक चालक दलका सदस्यलाई मङ्गबार उद्धार गरिएको थियो ।

यस कार्गो जहाजमा १८ व्यक्ति सवार रहेका र ती सबै चालक दलका सदस्य भएको जनाइएको छ । सो डुङ्गा बन्दरगाह शहर वितुङ्बाट उत्तरी सुलावेसी प्रान्तकोनजिकै मरोवाली शहरतर्फ गइरहेको थियो ।

चालक दलका सदस्य यसप्रकार हराइरहेका सुचना मङ्गलबार प्राप्त भएपछि उद्धारकार्य जारी शुरु भएको थियो । बिहीबार उद्धार कार्यलाई विस्तृत बनाइएको छ ।

इन्डोनेसियामा करिब १७ हजार ५०० सय द्वीपहरु रहेका र यस द्वीपमा यातायातको प्रमुख साधनको रुपमा डुङ्गा नै रहेको पाइन्छ ।

कतिपय अवस्थामा व्यक्तिहरुको सुरक्षामा कम ध्यान दिइएको र क्षमता भन्दा बढी यात्रु डुङ्गामा सवार हुने जस्ता कारणले दुर्घटाना हुने गरेको पाइन्छ ।(रासस/सिन्हवा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !