१२ बैशाख २०८१, बुधबार

हवाई कारबाहीमा पाँच तालिबानी लडाकू मारिए


सात प्रहरी अधिकारीको मृत्यु

मैदान शार, ८ जेठ । अफगानिस्तानको पूर्वी प्रान्त वार्दाकको सयेद अबाद जिल्लामा तालिबानी आतङ्ककारी समूह लुकेर बसेका स्थान लक्षित हवाई कारबाहीमा कम्तीमा पाँच तालिबान लडाकू मारिएका सेनाद्वारा बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ ।

यस कारबाहीमा अन्य पाँच आतङ्ककारी घाइते भएका पनि जारी विज्ञप्तिमा जनाइएको छ । प्रायः अशान्त भईरहने मिलिखिलो क्षेत्रमा भएको यस कारबाहीमा परी पाँच तालिबान लडाकूको दुर्घटना स्थलमा नै मृत्यु भएको छ भने अन्य पाँच घाइते भएका जारी विज्ञप्तिमा जनाइएको छ ।

सशस्त्र लडाकू समूहले बसन्त क्रृतृको आगमणसँगै गत अप्रिल १२ आह्वान गरेको भीषण आक्रमणपछि सरकारी सुरक्षाबल र तालिबानी लडाकू समूहबीच झडप जारी रहेको छ ।(रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !