११ बैशाख २०८१, मंगलबार

भारतको अरुणाचल प्रदेशमा एक सांसदसहित ११ को हत्या


एजेन्सी, ८ जेठ । भारतको अरुणाचल प्रदेशको तिराप जिल्लामा एम्बुस आक्रमणबाट नेशनल पिपुल्स पार्टीका नेता एवम् सांसद तिरांग अबोहसहित ११ जनाको हत्या भएको छ ।

उक्त आक्रमणमा ५६ वर्षीय सांसद अबोह, उनका एक छोरा, एकजना चुनाव प्रतिनिधि र दुई जना सुरक्षा गार्डसमेत मारिएको भारतीय राष्ट्रिय च्यानल दूरदर्शनले जनाएको छ । आक्रमणकारीको पहिचान खुलेको छैन ।

गृहमन्त्री राजनाथ सिंहले आतंकवादीले सांसदसहित ११ जनाको निर्मम हत्या गरेको भन्दै दुःख व्यक्त गरेका छन् । पूर्वोत्तर क्षेत्रमा शान्ति र सामान्य स्थिति बिगार्न खोज्नु घृणित कार्य भएको भन्दै उनले दोषिलाई उन्मुक्ति नदिने बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !