१२ बैशाख २०८१, बुधबार

बोको हरामका ६३ लडाकू मारिए


Nepalpatra

२ वैशाख, चाड । आतङ्वादी सङ्गठन मानिने बोको हरामका ६३ जना लडाकू चाडको सरकारी सेनाद्वारा मारिएका छन् ।

स्थानीय सञ्चारमाध्यमहरूले सोमबार दिएको जानकारीअनुसार लास क्षेत्रमा आइतबार राति उनीहरू मारिएका हुन् ।

घटनामा परी सुरक्षाकर्मीतर्फका सात जना मारिएको समाचारमा जनाइएको छ । सेनाले जारी गरेको वक्तव्यमा अरू दर्जनौँ घाइते भएको उल्लेख गरिएको छ ।

पछिल्लो हप्ता यो बोको हरामसँगको दोस्रो भिडन्त भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

गत मार्चमा सोही ठाउँमा बोको हरामले थापेको विद्युतीय धरापमा परी कम्तीमा २३ जना सरकारी सैनिक मारिएका थिए ।

नवनियुक्त प्रतिरक्षा प्रमुख ताहिर इर्डाले पनि हालै मात्र सो ठाउँको भ्रमण गरेर आक्रमणकारीविरुद्ध नयाँ रणनीति अपनाउने बताउनु भएको थियो । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !