१३ बैशाख २०८१, बिहिबार

राजकुमार चाल्र्स क्युबा भ्रमणमा


Nepalpatra

४ चैत, हवाना । बेलायतका राजकुमार चाल्स्ले उहाँकी धर्मपत्नी क्यामिल्लाको साथमा आइतबारबाट क्युबाको भ्रमण शुरु गर्नुभएको छ ।

बेलायतको राजपरिवारबाट क्युबाको भ्रमण भएको यो पहिलो पटक हो ।

राजकुमार र राजकुमारी क्युबाली राष्ट्रपति मिगुएल डिआज्क्यानेलसँग सोमबार बेलुकी खाना खाने कार्यक्रम रहेको छ । राष्ट्रपति मिगुएल पनि गत नोभेम्बरमा आफू राष्ट्रपति भएपछिको पहिलो अन्तर्राष्ट्रिय भ्रमणका रुपमा बेलायत पुग्नुभएको थियो ।

राजकुमार दम्पत्तिले क्युबाको विशेषगरी दक्षिणी तटीय क्षेत्रका भ्रमण गर्ने योजना रहेको छ । बेलायती राजपरिवारको यो जोडील सैन्ट लुसिया, बार्बाद सैन्ट भिन्सेन्ट र द ग्रनादिनेस्, सैन्ट कितास् र नेभिस् र गे्रनादा सहित १० क्यारिबियन टापूहरुको भ्रमाण गर्ने योजना रहेको समाचारमा जनाइएको छ । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !