७ बैशाख २०८१, शुक्रबार

इजिप्टमा ४७ लडाकू र तीन सैनिक मारिए


शव

२७ फागुन, कायरो । इजिप्टको सिनाइ टापूमा भएको गोली हानाहानका क्रममा कम्तिमा ४६ जना लडाकू मारिएका छन् ।

अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार गत केही दिनको अवधिमा ती लडाकूहरु मारिएका हुन् । भिडन्तका क्रममा तीन जना सुरक्षाकर्मी पनि मारिएको अधिकारीहरुले जनाएका छन् ।

“आतङ्कबादी विरुद्धको सुरक्षा कारबाहीका क्रममा आतङ्कबादीहरुको त्रास रहेको उत्तरी तथा मध्य सिनाईमा भएको भीडन्तमा ४७ लडाकू मारिएका छन्” सैन्य प्रवक्ता तामेर अल रेफैले भन्नुभयो ।

घटनास्थलबाट अरु झण्डै एक सय जना आपराधिक व्यक्ति र लडाकूहरुलाई पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् ।

उनीहरुले ३८ ओटा सवारी साधन, १४ ओटा मोटरसाईकल उनीहरु बस्ने दुई घर नष्ट गरिदिएका छन् ।

सन् २०१३ मा तत्कालिन राष्ट्रपति मोहम्मद मोर्सीलाई अपदस्त गरिएपछि उहाँका समर्थकहरुले इजिप्टमा आन्दोलन गर्दै आइरहेका छन् । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !