७ बैशाख २०८१, शुक्रबार

कायरो विस्फोटको लिबियाद्वारा निन्दा


Nepalpatra

८ फागुन, त्रिपोली । इजिप्टको राजधानी कायरोमा सोमबार भएको बम विस्फोटको लिबियाका विदेशमन्त्रीले मङ्गलबार निन्दा गर्नु भएको छ ।

यस आक्रमणमा परी तीन व्यक्तिको मृत्यु हुनुको साथै अन्य कैयौँ व्यक्ति घाइते भएका जनाइएको छ । इजिप्टको अल दार्ब अल जिल्लामा भएको यस आतङ्ककारी आक्रमणको इजिप्टको विदेश मन्त्रालयले पुष्टि गरेको जानकारी दिइएको छ ।

मङ्गलबार अबेर राति लिबियाली विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशन गरी सो जानकारी गराएको छ । लिबियाको विदेश मन्त्रालयले सो विज्ञप्तिमार्फत आतंककारी क्रियाकलापका विरुद्ध इजिप्ट सरकारसँग ऐक्यवद्धता जनाएको छ ।

सो विज्ञप्तिमा लिबिया सबै खाले आतंकवादी क्रियाकलापको विरोध गर्दछ भन्दै यस्ता हिंसात्मक कार्यमा संलग्नमाथि कारबाही हुनुपर्नेमा जोड दिएको छ । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !